Skip to main content
U.S. flag

An official website of the United States government

Here’s how you know

Dot gov

Official websites use .gov
A .gov website belongs to an official government organization in the United States.

HTTPS

Secure .gov websites use HTTPS
A lock (LockA locked padlock) or https:// means you’ve safely connected to the .gov website. Share sensitive information only on official, secure websites.

    • Environmental Topics
    • Air
    • Bed Bugs
    • Cancer
    • Chemicals, Toxics, and Pesticide
    • Emergency Response
    • Environmental Information by Location
    • Health
    • Land, Waste, and Cleanup
    • Lead
    • Mold
    • Radon
    • Research
    • Science Topics
    • Water Topics
    • A-Z Topic Index
    • Laws & Regulations
    • By Business Sector
    • By Topic
    • Compliance
    • Enforcement
    • Laws and Executive Orders
    • Regulations
    • Report a Violation
    • Environmental Violations
    • Fraud, Waste or Abuse
    • About EPA
    • Our Mission and What We Do
    • Headquarters Offices
    • Regional Offices
    • Labs and Research Centers
    • Planning, Budget, and Results
    • Organization Chart
    • EPA History

Breadcrumb

  1. Home
  2. East Avenue Study Area

पृष्ठभूमि (Site Background)

आगामी सार्वजनिक उपलब्धता सत्र

जुलाई 18, 2024 मा व्यक्तिगत सार्वजनिक उपलब्धता सत्र (Public Availability Session) को लागि कृपया हामीसँग जोडिनुहोस्। यो सत्र साँझ 6:00 देखि 7:30 बजे सम्म इस्ट मिडिल स्कूल, 1001 एट्किन्स स्ट्रीटमा हुनेछ। यो सार्वजनिक उपलब्धता सत्र त्यहाँका बासिन्दाहरू र समुदायका सदस्यहरूका लागि साइटका टोलीसँग भेट्ने र अध्ययन क्षेत्र वा 2024 को क्षेत्र नमूना योजनाको बारेमा प्रश्नहरू सोध्ने अवसर हो। यदि तपाईं आफ्नो यार्ड नमूना गर्न इच्छुक हुनुहुन्छ भने, सार्वजनिक उपलब्धता सत्रमा साइन अप गर्नुहोस्!

https://events.humanitix.com/EASA-public-availability-session मा कार्यक्रमको लागि RSVP। यदि तपाईंलाई अनुवाद सेवाहरू चाहिएमा कृपया हामीलाई RSVP मा थाहा दिनुहोस्।

पृष्ठभूमि 

पूर्वी एभेन्यू अध्ययन क्षेत्र [East Avenue Study Area] ("अध्ययन क्षेत्र") एरी, पेन्सिलभेनियामा एरी कोक सुविधाको छेउमा अवस्थित छ। EPA ले एरी कोकबाट प्रदुषकहरू सुविधाबाट अध्ययन क्षेत्रमा ढुवानी गरिएको छ कि छैन भनेर निर्धारण गर्नको लागि अनुसन्धान शुरु गर्न लागेको छ। EPA ले यो अध्ययन क्षेत्रको अनुसन्धानलाई पेन्सिलभेनिया वातावरण संरक्षण विभाग (Pennsylvania Department of Environmental Protection, PADEP) सँग पहिलेको एरी कोक सुविधासँग समन्वय गरिरहेको छ।

एरी शहर 1800s मा शुरु भई एक महत्वपूर्ण बन्दरगाह र निर्माण केन्द्र बन्यो। झन्डै 1833 देखि 2019 सम्म, इरी कोक प्लान्टको प्रपर्टीमा स्टील र कोकको उत्पादन भयो। त्यो समयावधिमा, एरी कोक र अन्य औद्योगिक सुविधाहरूले हावामा हानिकारक पदार्थहरू उत्सर्जन गरे। EPA को विषाक्त उत्सर्जन सूची (EPA toxics Release Inventory) अनुसार, साइटको हावाको थुप्रो (on-site air stack) वा  अन्जानपूर्वक गरिएको उत्सर्जन (fugitive emissions) द्वारा, एरी कोक प्लान्टले धातुहरू र पोलीसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (Polycyclic Aromatic Hydrocarbons PAHs) समावेश भएको उत्सर्जन जारी गर्यो जुन वरपरको समुदायमा गएको हुन सक्छ।

एरी कोक प्लान्टले पेन्सिलभेनियाको वातावरणीय कानून अन्तर्गत गरेको उल्लङ्घनको लामो इतिहास छ। यी उल्लङ्घनहरूले छिमेकमा हावाको गुणस्तरको बारेमा उजुरीहरू गरिएको, PADEP द्वारा जारी गरिएका उल्लङ्घनका थुप्रै सूचनाहरू, जरिमानाका मूल्याङ्कनहरू, अनुमति अस्वीकारहरू, र सुविधामा अवस्थाहरू सम्बोधन गर्नको लागि सहमतिका आदेशहरू र प्रशासनिक आदेशहरूमा वार्ता र सहमतिमा प्रवेश गरिएको थियो। एरी कोकलाई अध्ययन क्षेत्रलाई असर गर्ने प्रदुषकहरूको मुख्य सम्भावित स्रोत मानिने भए तापनि, पाइएका कुनै पनि प्रदुषणमा योगदान दिन सक्ने अन्य श्रोतहरू नजिकै हुनसक्ने सम्भावना छ। EPA ले स्रोतहरू छुट्याउन सक्नेछ वा सक्ने छैन। EPA अध्ययन क्षेत्रको रूपरेखा तलको नक्शामा देख्न सकिन्छ।

EPA को साइट अनुसन्धानको बारेमा पूर्ण विवरण र थप जानकारी 2024 East Area Study Area Field Sampling Plan (PDF) मा छ। पूर्वी एभेन्यू अध्ययन क्षेत्रमा EPA को साइट अनुसन्धानको सारांशको लागि, कृपया June 2024 Community Update Fact Sheet (PDF) हेर्नुहोस्।

सामग्रीको तालिका

  • के गरिएको छ

  • हालको स्थिति

  • साइटको कागजात र डाटा

  • EPA का संसाधनहरू

  • कार्यक्रम र राज्यका सम्पर्कहरू

यो समयरेखाले सुपरफन्ड उपचारात्मक प्रक्रिया (Superfund Remedial Process) देखाउँछ। यो सम्भावित प्रदुषकहरूका लागि साइटको मूल्याङ्कन, वा अनुसन्धान गरेर शुरु हुन्छ, त्यसपछि यदि यो राष्ट्रिय प्राथमिकता सूची (सुपरफन्ड) मा सूचीबद्ध भएमा, वर्गीकरणको चरणमा सबैभन्दा बढी सम्भव उपायको लागि साइटमा थप अध्ययन गरिन्छ। समाधानको छनौटमा, एउटा योजना तोकिनेछ र प्रक्रिया सरसफाईको चरणमा अघि बढ्छ। सरसफाई पूरा भएपछि, प्रक्रिया निर्माण पछिको चरणमा हुन्छ जहाँ समाधानको नियमित मरम्मत र EPA द्वारा प्रत्येक पाँच वर्षमा पूर्ण समीक्षा गरिन्छ। अन्तिम परिणाम सामुदायिक मूल्य र इनपुटसँग पङ्क्तिबद्ध भएको कुरा सुनिश्चित गर्नको लागि प्रत्येक चरणमा, सामुदायिक संलग्नता र योजनालाई प्रक्रियामा एकीकृत गरिन्छ। 

Contact Us to ask a question, provide feedback, or report a problem.
Last updated on May 30, 2025
  • Assistance
  • Spanish
  • Arabic
  • Chinese (simplified)
  • Chinese (traditional)
  • French
  • Haitian Creole
  • Korean
  • Portuguese
  • Russian
  • Tagalog
  • Vietnamese
United States Environmental Protection Agency

Discover.

  • Accessibility Statement
  • Budget & Performance
  • Contracting
  • EPA www Web Snapshot
  • Grants
  • No FEAR Act Data
  • Plain Writing
  • Privacy
  • Privacy and Security Notice

Connect.

  • Data
  • Inspector General
  • Jobs
  • Newsroom
  • Regulations.gov
  • Subscribe
  • USA.gov
  • White House

Ask.

  • Contact EPA
  • EPA Disclaimers
  • Hotlines
  • FOIA Requests
  • Frequent Questions
  • Site Feedback

Follow.